You are viewing the translated version of बिक्री गर्दा पालना गर्नु पर्ने शर्त तथा मापदण्ड.

Section 15
बिक्री गर्दा पालना गर्नु पर्ने शर्त तथा मापदण्ड
अनुमतिपत्र प्राप्त व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थ बिक्री गर्दा देहायका शर्त तथा मापदण्डको पालना गर्नु वा गराउनु पर्नेछः-
(क) तेजाब वां अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्ने उचोग प्रयोगशाला, अनुसन्धानशाला, शैक्षिक संस्था, कार्यशाला, वर्कशप, धातुका गहना बनाउने वा अन्य कुनै यस्तै व्यावसायिक काम गर्ने फर्म, कम्पनी वा व्यक्तिलाई मात्र बिक्री गर्नु पर्ने,
(ख) कुनै व्यक्तिलाई नियम ९ को उपनियम (१) मा उल्लिखित परिमाण भन्दा बढी परिमाणमा तेजाब वा अन्य घातक रासायनिक पदार्थ बिक्री गर्नुपर्ने भएमा सो नियम बमोजिम पूर्व स्वीकृति पाएको आधारमा मात्र बिक्री गर्नु पर्ने,
(ग) खरिद गर्ने व्यक्तिको पहिचान र खरिदको प्रयोजन स्पष्ट हुने गरी सोको अभिलेख राखेर मात्र बिक्री गर्नु पर्ने,
(घ) खरिद गर्ने व्यक्तिलाई प्रयोग तथा भण्डारण गर्ने तरिकाको बारेमा तथा सोबाट उत्पन्न हुन सक्ने जोखिमको विषयमा समेत जानकारी गराउनु पर्ने,
(ङ) खरिद तथा बिक्री वितरण गर्दा अनिवार्य रुपमा बिल बीजकको प्रयोग गर्नु पर्ने।